इन्डोनेशियाको बालीमा यसै साता (१ देखि ३ डिसेम्बर २०२२ सम्म) सम्पन्न स्वास्थ्य र विकासका लागि एशिया प्रशान्त क्षेत्रका नगरहरुको दवाव समूह (एपीक्याट) को सातौँ शिखर सम्मेलनमा सुर्तीजन्य पदार्थ नियन्त्रणमा उल्लेख्य योगदान गरेको भन्दै स्वास्थ्य पत्रकार मञ्च नेपाललाई एपिक्याट अवार्ड २०२२ प्रदान गरिएको छ ।
मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेले यो अवार्ड ग्रहण गर्नु भएको थियो ।
सम्मेलनमा भाग लिन मञ्चबाट अध्यक्ष न्यौपाने र कोषाध्यक्ष कमला गुरुङ बाली जानु भएको थियो ।