काठमाडौँ, ९ माघ । स्वास्थ्य पत्रकार मञ्च नेपालले सोमबार (९ माघ २०७९)का दिन नव नियुक्त स्वास्थ्य मन्त्री पदम गिरीसंग भेटघाट तथा परिचयात्मक कार्यक्रमको आयोजना गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सभा हलमा आयोजित कार्यक्रममा मन्त्री गिरीले आफ्ना योजनाहरु सुनाएका थिए ।

मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम महासचिव भिषा काफ्लेले सञ्चालन गरेका थिए । कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आवद्ध झण्डै ५० जना पत्रकारको सहभागिता थियो ।

सो अवसरमा नव नियुक्त मन्त्रीलाई पत्रकारहरुले सफल कार्यकालको शुभकामना दिदै सुझाव समेत प्रस्तुत गरेका थिए ।