स्वास्थ्य पत्रकार मञ्च नेपालको २०७९।०९।०५ मा बसेको केन्द्रीय कार्य समितिको बैठकले मञ्चको पाँचौँ राष्ट्रिय अधिवेशनको मिति २०७९ माघ २८ गतेका लागि तोकेको छ ।

उक्त अधिवेशनमा सहभागिता जनाउनका लागि संस्थाका सम्पूर्ण सदस्यहरुले तोकिएको दस्तुर तिरी आफ्नो सदस्यता अनिवार्य रुपमा नविकरण गरिसक्नु पर्नेछ ।

बैठकले नयाँ सदस्यताका लिन चाहनेहरुका लागि तपशील बमोजिमको योग्यता तोक्दै २०७९।०९।३० गते भित्र निवेदन दिनका लागि आव्हान गरेको छ ।
बैठकले नयाँ सदस्यताका लागि विधानको परिच्छे २ को दफा ६ को क ख ग र दफा ७ को १ क अनुसार र विधानको दफा ८ अनुसार पुरानो सदस्यता नविकरण गर्ने निर्णय गरेको जानकारी गराईन्छ ।

नयाँ सदस्यताका लागि योग्यता :

  •  १८ वर्ष उमेर पुगेको ।
  • पत्रकारिता पेशा लिई कुनै सञ्चारमाध्यमा कम्तिमा ३ वर्ष पत्रकारिता गरी कम्तिमा १ वर्ष स्वास्थ्य पत्रकारिता गरेको ।
  • प्रचलित कानूनले अयोग्य नठहरिएको ।

निवेदनसंग आवश्यक कागजातहरु

  • स्वास्थ्य पत्रकारिता गरेको स्वयं घोषणा पत्र
  • सम्वन्धित सञ्चारमाध्यमको सम्पादकले कम्तिमा १ वर्ष स्वास्थ्य पत्रकारिता गरिरहेको भन्ने विषयको प्रमाणित पत्र

सदस्यता नविकरण गर्ने र नयाँ सदस्यताका लागि निवेदन दिने अन्तिम मिति अन्तिम मिति २०७९।०९।३० सम्म ।

सम्पर्क :
भिषा काफ्ले महासचिव (९८४२०४९६३३)
सञ्जीता खनाल सचिव (९८४५७१३५४९)
कमला गुरुङ (कोषाध्यक्ष) ९८४५७०६९७९)