काठमाडौँ, ११ असोज । विश्व मुटु दिवसको अवसर पारेर स्वास्थ्य पत्रकार मञ्च नेपालले नेशनल कार्डियाक सेन्टर बसुन्धराको प्राविधिक सहयोगमा स्वास्थ्य पत्रकारहरुको निशुल्क मुटु स्वास्थ्य परीक्षण गराएको छ ।

१० असोजमा भएको उक्त कार्यक्रममा ३० जना बढी पत्रकारको प्रेसर, सुगर, कोलेस्टेरोल, इसिजी, ईको, थाइराइड, लगायतको जाँच गरिएको थियो । जाँच पछि मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले मुटु रोगको बारेमा आफ्नो प्रस्तुति दिनु भएको थियो ।

 

विश्व मुटु दिवसको अवसरमा स्वास्थ्य पत्रकार मञ्चको संयोजनमा भएको पत्रकारहरुको निशुल्क मुटु परीक्षण कार्यक्रम पछि अन्तक्रिया कार्यक्रममा