काठमाडौँ, ७ असोज । ‘स्वास्थ्य पत्रकार मञ्च नेपालले राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको सहयोगमा एचआईभी, एड्स तथा यौनरोग सम्वन्धी लान्छना र भेदभाव कम गर्नका लागि बुधबार ( ६ असोज)का दिन एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

लाजिम्पाटस्थित होटल र्‍याडिसनमा भएको कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ हुनुहुन्थ्यो ।

यस्तै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सुधा देवकोटा, विभागकै नर्सिङ सेवा महाशाखाका प्रमुख गोमा निरौला विशेष अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा केन्द्रको तर्फबाट डा देवकोटा, साझेदारी संस्थाको तर्फबाट सेभ द चिल्ड्रेन, एफएचआई ३६० र एचएचएफ नेपालको तर्फबाट गरी कुल चारवटा प्रस्तुतिकरण भएको थियो ।

मञ्चका अध्यक्ष  रामप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सचिव सञ्चिता खनालले गर्नु भएको थियो भने महासचिव भिषा काफ्लेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आवद्ध ५० बढी स्वास्थ्य पत्रकारहरुको सहभागिता थियो ।