मिति २०७७।०९।०७
स्वास्थ्य पत्रकारितामा क्रियाशिल पत्रकारहरुको साझा संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालको मिति २०७७।०९।०६ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले विधानको परिच्छेद २ को दफा ६ को क, ख, ग र दफा ७ को १ क अनुसार नयाँ सदस्य थप गर्ने र दफा ८ अनुसार पुरानो सदस्यता नविकरण गर्ने निर्णय गरेकोले योग्यता पुगेका इच्छुक स्वास्थ्य पत्रकार साथीहरुले तोकिएको समय भित्र नयाँ सदस्यता लिन तथा नविकरण गर्न यो सूचना प्रकाशित गरिएको छ ।
नयाँ सदस्यताका लागि योग्यता
– १८ बर्ष उमेर पुगेको ।
– पत्रकारिता पेशा लिई कुनै सञ्चारमाध्यममा कम्तिमा ३ बर्ष पत्रकारिता गरी कम्तीमा १ बर्ष स्वास्थ्य पत्रकारिता गरेको ।
– प्रचलित कानूनले अयोग्य नठहरिएको ।

निवेदन -फारम संग आवश्यक कागजात :
– स्वास्थ्य पत्रकारिता गरेको स्वयं घोषणा पत्र ।
– सम्वन्धित सञ्चारमाध्यमको सम्पादकले कम्तिमा १ बर्ष स्वास्थ्य पत्रकारिता गरिरहेको भन्ने विषयको प्रमाणित पत्र ।

नयाँ सदस्यताका लागि सम्पर्क व्यक्ति :
सचिव ः भिषा काफ्ले (९८४२०४९६३३)

नयाँ सदस्यताका लागि फारम भर्ने अवधी :
२०७७।०९।०८ देखि २०७७।०९।१० गते सम्म

पुरानो नविकरण गर्ने अवधी :
२०७७। ०९।०८देखि २०७७।०९।२२ गतेसम्म
पुरानो नविकरणका लागि सम्पर्क व्यक्ति :
कोषाध्यक्ष : उद्धवराज भेटुवाल (९८४१०४६०१४)

रामप्रसाद न्यौपाने
महासचिव