स्वास्थ्य पत्रकार मञ्च नेपालले विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा कोभिड महामारीको बढ्दो जोखिम तथा मंकीपक्सलाई विश्व व्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको सन्दर्भ पारेर २० साउनका दिनमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । त्यसमा डव्लुएचओले मंकीपक्सलाई किन स्वास्थ्य अपतकालको घोषणा गर्नुपरेको, साउथ इस्ट एसियामा यसको जोखिम कति छ ? यस्तै कोभिडको बढ्दो संक्रमण दरको विषयमा अर्को प्रस्तुति दिएको थियो । यस विषयमा सरकारको तयारी के छ भनेर इडिसिडीले अर्को प्रस्तुति दिएको थियो । स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम महासचिव भिषा काफ्लेले सञ्चालन गर्नु भएको थियो । कार्यक्रम दिउसो १ बजे देखि ४ बजेसम्म होटल सांग्रिला ब्लू कुपन्डोल ललितपुरमा भएको थियो ।